असार १८ काठमाण्डौं । सरकारले आगामी साउन १ गतेदेखि लागु हुने गरी भारी मात्रामा विद्युत महसुल वृद्धि गर्ने निर्णय गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले विरोध जनाएको छ ।
पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी विधुत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशत सम्ममूल्य वृद्धि गर्ने निर्णय गर्नु निजी विधुत कम्पनीहरुको स्वार्थ, विदेशीविधुत कम्पनीबाट महँगो मूल्यमाविधुत आयात गर्ने रणनीति, विधुतको खरिदमा डलरको खेति र भ्रष्टाचारको खेलको रुपमा यो महसुल वृद्धि भएको दावी गर्नु भएको छ ।
उहाले उक्त विद्युत महसुल वृद्धि तत्काल फिर्ता नभए संघर्षमा उत्रने चेतावनी दिनु भएको छ ।
जलस्रोतमा दोस्रो धनी देश भएर पनि जनताको आधारभूत आवस्यकता भित्र पर्ने विद्युत महसुलमा जनतालाई भार पार्ने गरी निर्णय गर्नु गलत भएको भन्दै विदेशीहरुलाई कमिसनमा नेपालको जल सम्पदा सुम्पिने काम भएको भन्दै विज्ञप्तिमा प्रवक्ता प्रकाण्डले आपत्ति जनाउनु भएको छ ।