दिपाको मृत्यु रहस्मय, परिवारद्धारा छानविनको माग, एसपी विष्ट भन्नछन्:” हामीलाई जानकारी छैन”

दिपाको मृत्यु रहस्मय, परिवारद्धारा छानविनको माग, एसपी विष्ट भन्नछन्:” हामीलाई जानकारी छैन”

  • शनिबार, असार १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

धनगढी १८ असार।

कैलालीको घोडाघोडी नगरपालिका १३, की दिपा बिकको मृत्यु रहस्यमय बन्दै गएको छ । माइतीपक्षले पति लालबहादुर चौधरीको घर परिवारले हत्या गरेको भन्दै छानविन गरी कारवाहीको माग गर्दै आएका छन् ।

नगरपालिकाको देउकलिया निबासी दिपाकी आमा चिमादेवी कामीले आफ्नी छोरीको हत्या गरिएको भन्दै अनुसन्धानमा प्रहरीले चासो नदेखाएको गुनासो गरेकी छन् । उनले घटनाबारे इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएको र घटना भएको एक महिनाभन्दा बढी भइसक्दा पनि प्रहरीले चासो नदिएको बताइन् ।

दिपाको गत जेठ ७ गते सोही नगरपालिका निवासी श्रीमान् लालबहादुर चौधरीको घरमा मृत्यु भएको थियो । पोइली पक्षले आत्महत्या भनेपनि माइतिपक्षले भने त्यसलाई स्वीकार गरेका छैनन् । दिपा लालबहादुरको घर गोठमा झुण्डीएको अवस्थामा फेला परेको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

“हत्यामा संलग्न र प्रहरीबीचको मिलेमतोमा घटनालाई आत्महत्या बनाउन खोजिएको छ” आमा चिमादेवीले भनिन् । उनका अनुसार घटनास्थल पुगेको प्रहरी टोलीले माइतिपक्षको उपस्थितिविना नै हतार हतारमा मुचुल्का बनाएर शवको पोष्टमार्टमको लागि भन्दै धनगढी लगिएको थियो । पोष्टमार्टम रिर्पोटमा आत्महत्या भएको उल्लेख छ । तर, घटना प्रकृतिलाई लिएर माइती पक्षले दिपाको आत्महत्या नभएर चौधरी परिवारले हत्या गरेको दाबी गर्दै आएका छन् ।

लालबहादुर चौधरीले दिपालाई गत फागुनमा दोस्री पत्निको रुपमा भगाएका थिए । परिवारले अस्वीकार गरेकाले लालबहादुरले दिपालाई लगेर भारत गएका थिए । एसएलसी परीक्षा दिने भन्दै गत उनीहरु चैत्रमा घर फर्केका थिए ।
चौधरी परिवारले बहुविवाह भन्दै दिपालाई अस्वीकार गरेपनि लालबहादुर भने दोस्रो पत्नि मानेका थिए । यही विषयलाई लिएर लालबहादुरको घरमा विवाद उत्पन्न भएको थियो ।

एसएलसी परीक्षा दिन माईत गएकी दिपालाई पति लालबहादुरले फोन गरेर जेठ ६ गते घर बोलाएका थिए । “म खेतमा काम गर्न गएकी थिएँ, बेलुकी घर आउँदा छोरी पोइली घर गएको थाहा पाएपछि म पनि त्यही गएँ, म पुग्दा लालबहादुर र उनकी जेठी श्रीमतीले मेरी छोरीसँग झगडा गरिरहेका थिए” दिपाकी आमा चिमादेवीले भनिन् । आफूले बेलुकीसँगै लिएर जान खोजेको तर लालबहादुरका दाजुले छलफल गरेर अर्को दिन पठाई दिने भनेपछि आफू एक्लै फर्केको र त्यही राति दिपाको हत्या गरिएको आमा चिमादेवीले भनाई छ ।

“छोरीलाई साँझ नै घर लग्न खोजेकी थिएँ तर छिमेकी र लालबहादुरका दाईले दोस्रो दिन छलफल गराईदिने भनेपछि घर फर्के, त्यही राति चौधरी परिवार मिलेर छोरीको हत्या गरे” उनले भनिन् ।

आफूहरुले छोरीको हत्या नै भएको जानकारी प्रहरीलाई गराउँदा पनि कुनै सुनुवाइ नै नगरेको आमा चिमादेवीले बताइन् । चौधरी परिवारसँग मिलेर प्रहरीले अनुसन्धानको कुनै चाँसो नदेखाएको दाबी गरिन् । अनुसन्धानको माग गर्दै आमा चिमादेवीले जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत निवेदन दिएकी छन् ।

इलाका प्रहरी कार्यालय सुखडका ईन्चार्ज प्रहरी निरीक्षक नृप शाहले घटनाको अनुन्धान भइरहेको बताएका छन् । उनले पोष्टमार्टम रिपोर्टले आत्महत्या देखाएको बताए । शाहले दिपाका पति लालबहादुरलाई नियन्त्रणमा लिएर छानविन गरेपनि आत्महत्या नै भएको भन्नै कुनै प्रमाण नभेटेको बताए ।
कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले भने घटनाको बारेमा अफूलाई कुनै जानकारी नभएको बताए ।
मिरमिरे अनलाइनसँग कुरा गर्दै विष्टले “यो घटनाको विषयमा पुनः अनुसन्धानको लागि कुनै उजुरी आएको छैन” भने ।
विष्टले इलाका प्रहरी कार्यालयबाट घटनाबारे कुनै जानकारी नआएको भन्दै ईलाका कार्यालयमा यसबारे बुझ्ने जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ