मुग्लिन सडकखण्डमा पहिरोसहित खसेको ढुंगाले लागेर चालक र सहचालक घाइते

मुग्लिन सडकखण्डमा पहिरोसहित खसेको ढुंगाले लागेर चालक र सहचालक घाइते

  • शनिबार, असार १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमान्डौ असार १८।

नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउने भन्ने स्थानमा पहिरोसँगै झरेको ढुङगाले लागेर २ जना घाइते भएका छन् ।

रौतहटको गौरबाट काठमाडौंका लागि हिँडेको रात्री बसका चालक र सहचालक पहिरोसँगै खसेको ढुंगाले लागेर घाइते भएका हुन् ।

गौरबाट आउँदै गरेको ना५ख २१६५ नम्बरको रात्री बसमा उक्त सडक खण्डको घुमाउने भन्ने स्थानमा पहाडबाट खसेको ढुंगाले लागी चालक सर्लाही राजघाट–२ का टंककुमार र सहचालक चन्द्रपुर नगरपालीका–१० का मनोहर चौधरी घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताउनु भयो ।
लगातारको वर्षा पछि खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक दिनहुँ पहिरोले बन्द हुने गरेको छ । पहिरोका कारण सडकका अधिकांश भागमा ढुंगा र माटो थुप्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ