काठमाडौ १८ असार ।
केही दिन यता परेको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च पुगेको छ ।
स्याङ्जाको बोर्लाङपुल, कास्कीको पन्चासे र ठोरीमा पानीको बहाव बढेको बाढीपूर्व सूचना विज्ञ विनोद पराजुलीले जानकारी दिनुभयो ।
यस्तै आज पश्चिमको महाकाली, बबई, कर्णाली र पश्चिम राप्तीमा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको पराजुलीले बताउनुभयो ।
दार्चुला, बैतडी, कन्चनपुर, कैलाली र बर्दिया आसपासका पश्चिमी क्षेत्रमा आज ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा आज पनि झरी पर्ने महाशाखाले जनाएको छ । गत बिहीबारदेखि सक्रिय भएको मनसुन आइतबारसम्म रहने मौसमविद्हरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline