पहिलो सहभागीतामै वेल्स युरोकप फटबलको सेमिफाइनल प्रवेश, बेल्जियम ३–१ ले पराजित

पहिलो सहभागीतामै वेल्स युरोकप फटबलको सेमिफाइनल प्रवेश, बेल्जियम ३–१ ले पराजित

  • शनिबार, असार १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ १८ असार ।

बेल्जियमलाई पराजित गर्दै वेल्स फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनल गरेको छ । पहिलो सहभागितामै वेल्सले युरोकपको अन्तिम चारमा स्थान बनाएको हो ।

गएराति भएको क्वाटरफाइनल खेलमा विश्व वरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई ३–१ ले पराजित गर्दै वेल्सले कुनै पनि मुख्य प्रतियोगिताको अन्तिम चारमा पहिलो पटक स्थान बनाएको हो ।

बेल्जियमलाई १३ औं मिनेटमा राडेजा नाइनग्गोलानले गोल गर्दै सुरुवाति अग्रता दिलाए । तर यो अग्रता धेरैबेर टिक्न सकेन । ३० औं मिनेटमा कप्तान वेल्सका कप्तान एश्ली विलियम्सले गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफमा वेल्सले थप दुई गोल गर्यो । ४६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको वेल्सले ५० औ मिनेटमा हाल क्लब बिहिन रहेका रोब्सन कानुको गोल मार्फत अग्रता दोब्बर र्पायो ।

त्यस्तै ८५ औ मिनेटमा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रबेश गरेका साम भोक्सले हेड मार्फत गोल गर्दै टोलीको जित सुनिश्चित पारे । जीतसँगै वेल्स सन् १९९२ पछि युरोकपको पहिलो सहभागितामै सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।

सन् १९५८ को विश्वकपको क्वाटरफाइनलमा वेल्स ब्राजिलसँग पराजित भएको थियो । वेल्सले सेमिफाइनलमा अब पोर्चुगलसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी