धरान।
वर्षा लाग्यो,देशका अधिकांस ग्रामीण सडक हिलाम्य छन् । सदरमुकामबाट गाउ“ जोड्ने अधिकांश सडकमा सवारी चल्न छाडिसकेका छन् । शहर भित्रकै कतिपय सडकहरुको अवस्था पनि उस्तै छ । रणनीतिकरुपमा खोलिएका राजमार्गहरुमा पीच नभएका भागमा ठूलो जोखिम मोलेर सवारी गुड्दैछन् ।
यो समस्यालाई सम्बोधन गर्न सडक पीच या कंक्रिट गर्नुको विकल्प नै नभएको सरकारी अधिकारीहरु बताउँछन् ।
तर सुनसरीको धरान उपमहानगरपालिकामा करिब एक महिनाअघि देखी बिभिन्न सडकहरुमा आसार लागेसंगै पिच भईरहेको छ । मंगलबार धरान १२ स्थित चतरालाईनमा धमाधम प्याचिङ गरिदैं गरिदै गरेको दृश्य देखिएको थियो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असारमा पिच नगर्न स्थानीय निकायलाई निर्देशन दिए पनि धरान उप महानगरपालिकाले धमाधम सडक पिच गरिरहेको छ ।
बर्खा लागेपछि पानी पर्ने र पिचका लागि उपयुक्त नहुने भए पनि बजेट सक्न धमाधम यस्तो काम जारी राखिएको सर्बसाधारणहरुको बुझाई छ ।
धरान उपमहानगर पालिकाले सडक बोर्ड नेपालको आर्थिक सहयोगमा सडक पिचको काम गरिरहेको धरान उपमहानगरपालिकाका योजना साहायक किरण भुजेलको भनाई छ ।
भुजेलले नाकाबन्दी तथा धरानमा एडीबी खानेपानी पाईपलाईन बिछाउने काम भकाले समयमा काम गर्न नपाउँदा पिचको कार्य असारमा पुगेको बताए ।
उनले प्राविधिक रुपमा फागुनदेखि पिच गर्न सहज हुने भएकाले आर्थिक वर्षको पछिल्ला महिनामा धेरै पिच हुने गरेको पनि बताए ।
उता स्थानीय वडा नं. १२ का उपभोक्ता समितिका अध्यक्ष अनुप देवानले ग्रामीण तथा रणनीतिक सडकहरु वर्षा लाग्नासाथ बिग्रने र हिलाम्य हुने क्रम रोक्न यो प्रविधि प्रभावकारी हुने दावी गरे ।
सडक बनाउँदा प्रयोग हुने यो अलकत्रा,केमिकल घाम तथा पानी प्रतिरोधक भएपनि स्थानीय जनता बिश्वास गर्न मञ्जुर छैन । त्यसैले यो प्रविधि सडकहरुका लागि महत्वपूर्ण मानिएको छैन ।
माटो र ग्राभेलमा केमिकल मिसाएर सडक निर्माण गर्दा केमिकलले बलियोसँग समात्ने गर्छ । त्यसैले कम्तिमा एकपटक बनाएको सडक दुई वर्षसम्म टिक्ने गर्छ । तर, तेस्रो वर्षमा सडकको सामान्य मर्मत भने गर्नुपर्ने हुन्छ ।
सामान्य रुपमा ६ मिटर फराकिलो रहेको सडक एक किलोमिटर पीच गर्न ५० देखि ७० लाख रुपैयाँसम्म लाग्छ । यस्तो सडक मुस्किलले २ वर्ष टिक्छ । ठाउँ(ठाउँमा खाल्डा पर्न त एक वर्ष पनि लाग्दैन ।
तर, करिब ३÷४ वर्षसम्म टिक्ने भनिएको नयाँ प्रविधिको सडक बनाउन १५ लाख ९० हजार लाग्ने धरान उपमहानगरपलिका वाड नं. १२ का उपभोक्ता समितिका अध्यक्ष अनुप देवानले बताए ।
हाल धरानको १५ स्थानमा पिचको काम ्धमाधम भईरहेको छ । जसमा पहिलो फेजमा धरान ११,धरान १२ छाता चौकदेखी चतरा लाईन खहरे खोला सम्म,धरान ४ सिद्धिचरण मार्ग,धरान १० मा बेलगाछि लाईन,धरान १० मै बिहाल पथ,धरान १५मा बुढासुब्बा चौकदेखी पिण्डेश्वर चौकसम्म,दशरथ पथ,धरान १० मा देउराली चौक ,धरान ९ मा दिब्य आर्चाय लाईन,धरान ८ मा जुम्बा मार्ग,धरान ३ र ७ मा शान्ति पथ लगायतका क्षेत्रमा सडक पिचकोक काम धमाधम भईरहेको छ ।