बाढी पहिरो पीडितलाई सहयोग गर्न कार्यकर्ताहरुलाई देउवाको निर्देशन

बाढी पहिरो पीडितलाई सहयोग गर्न कार्यकर्ताहरुलाई देउवाको निर्देशन

  • शुक्रबार, असार १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं ,१७ असार।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेर दुःख पाएकाहरुको उद्धार र राहत कार्यमा सहयोग गर्न पार्टीका सबै निकायहरुलाई निर्देशन दिनु भएको छ ।

उहाले आज एक प्रेस विज्ञप्ति निकाल्दै पीडित परिवारहरुको उद्धार र राहतका लागि पार्टीका भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई सहयोग गर्न निर्देशन दिनु भएको हो । कांग्रेसले बाढी पहिरोमा परेकाहरुप्रति दुःख व्यक्त पनि गर्नु भएको छ ।

प्राकृतिक विपत्तिको धैर्यताका साथ सामना गर्न र विपतमा परेका पीडित परिवारलाई तत्काल उद्धार, राहत र सहयोग गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

‘केही दिनदेखि परेको अविरल वर्षका कारण पहिरो र बाढीबाट धादिङ, गोरखा, दोलखा लगायत देशका विभिन्न भागहरुमा कतिपय व्यक्तिहरु हराइरहेका, दुई तर्फको पहिरोको बीचमा थुनिएका, सयौंको संख्यामा घाइते भएका र धनसम्पत्तिको अपूरणीय क्षति भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ