गुण्ड नाइके दिपक मनाङ्गे राजधानीको ठमेलबाट पक्राउ

गुण्ड नाइके दिपक मनाङ्गे राजधानीको ठमेलबाट पक्राउ

  • शुक्रबार, असार १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १७ असार ।
अपहरण फिरौती जस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेको अरोपमा प्रहरीले राजधानीको ठमेलबाट गुण्ड नाइके दिपक मनाङ्गेलाई पक्राउ गरेको छ ।

ठमेलस्थित एक होटलबाट मनाङ्गे सहित उनका सहयोगी राजन कुमार सिंहलाई गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रमसिंह थापाले जानकारी दिनुभयो ।

गुण्डा नाइकेहरु सक्रिय भएर पछिल्लो समय व्यवसायीलाई धम्की दिई रकम असुल्ने क्रम बढ्दै गएको गुनासो आउन थालेपछि कारवाही अभियान तीव्र पारिएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

उहाँले काठमाडौंका विभिन्न व्यापारिक केन्द्रलाई आधार क्षेत्र बनाएर रकम असुल गर्ने र व्यापारी धम्क्याउने विरुद्ध प्रहरीले बिशेष निगरानी शुरु गरेको बताउनुभयो ।

मनाङ्गेविरुद्ध अपहरण, फिरौती असुली, गुण्डागर्दी लगायतका दर्जनौं उजुरी परेको प्रहरीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ