पोल्याण्डलाई टाइब्रेकरमा हराउदै पोर्चुगल युरोकपको सेमिफाइनल प्रवेश

पोल्याण्डलाई टाइब्रेकरमा हराउदै पोर्चुगल युरोकपको सेमिफाइनल प्रवेश

  • शुक्रबार, असार १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १७ असार ।  पोल्यण्डलाई पराजित गर्दै पोर्चुगल फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न पहिलो कवाटरफाइनल खेलमा पोल्याण्डलाई टाइब्रेकरमा ५–३ ले हराउदै पोर्चुगलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित समयमा दुवै टोली एक एकको बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

खेलको सुरुवाती दुई मिनेटमै पोल्याण्डका रोर्बट लेवानडोस्कीले गोल गरेर पोल्याडलाई अग्रता दिलाएपनि ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेजले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्ने धरै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । थपिएको ३० औं मिनेटसम्म पनि खेल बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको हो ।

पोनाल्टी सुटआउटमा पोल्याण्डका जाकुबको प्रहार पोर्चुगलका गोलरक्षकले बचाएपछि खेल पोर्चुगलको पक्षमा गएको हो ।

सेमिफाइनलमा पोर्चुगलले अब बेल्जियम र वेल्समध्ये एकसँग खेल्नेछ । यी दुई टोलीबीचको खेल आज राति पौने एक बजे हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी