हिंसा तथा मानवअधिकार उल्लङघनका घटनामा कमि आएन :ईन्सेक

हिंसा तथा मानवअधिकार उल्लङघनका घटनामा कमि आएन :ईन्सेक

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौ ,१६ असार ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले मध्याम्अन्चल क्षेत्रका १९ जिल्लामा एक बर्षको अवधिमा मानवअधिकार उल्लङघनका घटनामा कमि नआएको जनाएको छ ।

ईन्सेक मध्यामन्चल क्षत्रिय कार्यलयले आज काठमाण्डौमा प्रतिवेदन सार्वजनिक गर्दै हत्या ,अपहरण कुटपिट ,बलात्कार ,मानव बेचबीखन लगयतका घटनामा कमि नआएको जनाएको छ । २०७२ पुस महिनाबाट ०३ असारसम्म गरिएको अध्ययनका क्रममा ५ सय ५५ घटनामा ५ सय ९४ जना पिडित भएको देखाईएको छ ।

तथ्याङकअनुसार यस अवधिमा राज्य पक्षबाट तीन महिला , २६ पुरुष गरि २९ जना पिडित भएको देखाईएको छ । बौद्ध प्रहरी हिरासतबाट रिहा भएलगत्तै एक जनाको मृत्यु भएको पनि देखाईएको छ ।

यस्तै महिला तथा बालबालिका माथि हिंसा बढेको जनाउदै ईन्सेकले समुदायमा हिंसा बिरुद्ध जनचेतना अभिबृद्धि गर्ने खालका कार्यक्रम गर्नुपर्ने सुझाव समेत दिएको छ ।

सोहि कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका आयोगका सदस्य गोविन्द शर्माले घटनाको अनुसन्धान गर्ने ,डाटाहरु फौजदारी मुद्धासँग तुलना गरेर परिस्कृत गर्नुपर्ने बताउनु भयो ।
उहाले मानवअधिकार उल्लङघन गर्ने जोृ कोहिलाई पनि माफि दिएर उन्मुति दिन नमिल्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ