अफगानिस्तान कामदार पठाउनेलाई फाँसी दिन थापाको माग

अफगानिस्तान कामदार पठाउनेलाई फाँसी दिन थापाको माग

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं ,१६ असार।

काबुल घटनामा ज्यान गुमाउनेहरुलाई अफगानिस्तान पठाउने ब्यक्तिलाई फाँसी दिनुपर्ने माग संसदमा उठेको छ ।

नेमकिपाकी सांसद अनुराधा थापामगरले बिहीबारको संसद बैठकमा बोल्दै सम्बन्धीत म्यानपावर कम्पनीहरु र संचालकविरुद्ध ज्यान मुद्दा चलाउन माग गर्नुभयो ।

सांसद थापामगरले हालै अफगानिस्ताको काबुलमा भएको विष्फोटमा ज्यान गुमाएका नेपाली कामदार पठाउने सम्बन्धीत म्यानपावर कम्पनीका संचालक विरुद्ध ज्यान मुद्दा चलाउन माग गर्नु भएको हो।

संसदको सून्य समयमा बोल्दै थापामगरले नेपाली युवा, महिलालाई विदेशमा रोजगारीका नाममा बेचविखन गर्ने काम गरेको भन्दै तत्काल संविधानमा संशोधन गरी उनीहरुविरुद्ध ज्यान मुद्दामा फासीको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्रीले संसदमा बोल्ने क्रममा व्यक्त गरेको श्रद्धान्जली प्रति लक्षित गर्दै ‘एकातिर बैदेशिक रोजगारीका नाममा विदेश पठाउने र अर्को तर्फ शोक व्यक्त गर्नु दोहोरो मापदण्ड भएको भन्दै यस्तो गतिविधि अन्त्य गर्न माग गर्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ