भारतीय रुपैयाँसहित एकजना पक्राउ

भारतीय रुपैयाँसहित एकजना पक्राउ

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमान्डौ असार १६।

महोत्तरीमा भारतीय रुपैयाँको अबैध कारोबारमा संलग्न एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जलेश्वर–१२ का विमलेश पाण्डे रहेका छन् ।

उनलाई गएराति ११ लाख ७१ हजार १० भारतीय रुपैयाँ सहित सशस्त्र प्रहरी बल जलेश्वरको टोलीले चेकजाँचका क्रममा महोत्तरीको जलशागरबाट पक्राउ गरेको हो।

सीमावर्ती भारतीय मठिहानीबाट मलिबारा जाने क्रममा महोत्तरीको जलसागरमा सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो।

पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ।

पाण्डे भिट्टामोडमा अबैध भारतीय रुपैयाँको खरिद विक्री गर्ने काममा संलग्न हुँदै आएको खुलेको छ।

पाण्डेले भारतको मठिहानीबाट भारतीय रुपैयाँ ल्याएर भिट्टामोड बजारमा अबैधरुपमा सटहीको काम गर्ने गरेको स्वीकार गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ