नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक आज बस्दै

नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक आज बस्दै

  • बुधबार, असार १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ, १५ असार।

नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक आज काठमाडौंमा हुने भएको छ ।

Nepal-Japanबैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुबै मुलुकका अधिकारीले विचार आदान–प्रदान गर्नुका साथै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवका बारेमा पनि छलफल हुनेछ ।

यस्तै बैठकमा नेपालको विकासमा जापानी सहयोग, भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दत एवं क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयका सहसचिव झवीन्द्रप्रसाद अर्यालले बताउनुभयो ।

बैठकमा नेपालका लागि जापानका राजदूत मासासी ओगावासहित काठमाडौंस्थित जापानी राजदूतावासका उच्च अधिकारीहरु ९ जना सहभागी हुनेछन् ।

त्यसैगरी, बैठकमा नेपालका तर्फबाट परराष्ट्र, शिक्षा, स्वास्थ्य, अर्थ, गृह, लगायतका अन्य बिभिन्न मन्त्रालयका गरी १५ जना सहभागी हुने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ