आज असार १५ धान दिवस, दही चिउराखाएर खेतमा रोपाइ गरी देशभर मनाइदै

आज असार १५ धान दिवस, दही चिउराखाएर खेतमा रोपाइ गरी देशभर मनाइदै

  • बुधबार, असार १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

काठमान्डौ,असार १५

आज असार १५ धान दिवस, देशभर रोपाइ गरी मनाइदै छ । आजको दिनलाई मानो रोपेर मुरी फलाउने दिनको रुपमा पनि चिनिन्छ ।

नेपाली समाजमा दही चिउरा खाएर खेतमा रोपाइ गरी मनाउने पर्वको रुपमा पनि आजको दिन परिचित छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

नेपालले २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।

यसैविच आज धान दिवसको अवसरमा सरकारले लतिपुरको लुवुमा विशेष रोपाई कार्यक्रमको आयोजना गरेको छ । राजधानी बाहिर पनि सरकारी तथा गैरसरकारी निकायले धान दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दैछन् ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जग्गामध्ये असार १४ हिजोसम्म १० प्रतिशतमात्र रोपाइँ भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ