काठमाडौं,१४ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटबीच भेटवार्ता भएको छ ।
लाजिम्पाटस्थित प्रचण्ड निवासमा भएको भेटमा राजदूत ह्वाइटले आफ्नो मुलुकको भ्रमण स्थगित गर्नुको कारणबारे जिज्ञासा राख्दै प्रचण्डलाई अष्ट्रलियन सरकारका तर्फबाट सुरक्षामा कुनै समस्या नरहेको बताउनु भएके थियो ।
अष्ट्रेलियन राजदुतले आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको स्पष्ठ पारेको प्रचण्डको सचिवालयले जनाएको छ ।
यसैसाता माओवादी अध्यक्ष प्रचण्डले आफ्नो अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको थियो । अष्ट्रेलियामा प्रचण्ड बिरुद्ध उजुरी परेको र पक्राउपर्न सक्ने सम्भावनाका कारण भ्रमण स्थगित भएको चर्चा चलेपछि राजदुत ह्वाईटले आज सो बिषयमा स्पष्ठ पार्नुभएको हो ।
जवाफमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेकोबारे आफु अवगत रहेको बताउनु भएके थियो । उहाले वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले स्थगित गर्नुपरेको बताउनु भयो ।
अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि भ्रमण स्थगित गर्नु परेको भन्दै प्रचण्डले उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने पनि प्रतिबद्धता जनाउनु भयो ।
राजदूत ह्वाइटले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई गरेको सहयोगका साथै पुननिर्माणमा भएको सहयोगका बिषयमा जानकारी गराउनु भएको थियो ।