९ सय २० ग्राम यार्सागुम्बासहित एकजना पक्राउ

९ सय २० ग्राम यार्सागुम्बासहित एकजना पक्राउ

  • मङ्लबार, असार १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ असार १४।

दाङमा झण्डै एक किलो यार्सागुम्वासहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दिया कालिका–५ सितलबजारका ५१ वर्षीय करणसिंह सुनार रहेका छन् ।

उनको साथबाट ९ सय २० ग्राम यार्सागुम्बासहित प्रहरीले पक्राउ गरेको हो।  तुलसीपुर–६ हात्तिखौवामा डेरा गरि बस्दै आएका सुनारलाई गोप्य सूचनाको आधारमा यार्सागुम्बासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाइँले जानकारी दिनुभयो ।

उक्त यार्सागुम्बाको बजार मुल्य झन्डै १५ लाख बढी हुने अनुमान प्रहरीले गरेको छ।  पक्राउ परेका सुनारले यार्सागुम्बा मुगुबाट एक वर्ष पहिले नै ल्याएको प्रहरी समक्ष बयान दिएका छन्। यार्सागुम्बासहित सुनारलाई आवश्यक कारबाहीका लागि आज जिल्ला वन कार्यालयमा बुझाइने प्रसाइँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी