युरोकपको क्वाटरफाइनल समीकरण पुरा ,स्पेन र इंग्ल्याण्ड बाहिरिए

युरोकपको क्वाटरफाइनल समीकरण पुरा ,स्पेन र इंग्ल्याण्ड बाहिरिए

  • मङ्लबार, असार १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी,असार१४।

फ्रान्समा जारी युरोकप फुलटवलमा क्वाटर फाइनल खेलको समिकरण पुरा भएको छ । आगामी विहीबारबाट क्वाटरफाइनलको खेल सुरु हुदै छ ।

पहिलो क्वाटरफाइनल खेलमा पोर्चुगल र पोल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै शुक्रबार हुने दोस्रो खेलमा वेल्स विरुद्ध बेल्जियम मैदान उत्रदै छ भने शनिबार हुने तेसो क्वाटरफाइनलको खेलमा जर्मनी विरुद्ध इटाली भिडदै छ ।

क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार आयोजक फ्रान्स र आइसल्याण्ड प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै गए राति सम्पन्न भएको खेलमा आइसल्याण्ड र इटालीले जीत दर्ता गराए सँगै क्वाटरफाइन खेलको समीकरण पुरा भएको हो ।

प्री क्वाटरफाइनल अन्तरगतको खेलमा आइसल्याण्डले इग्ल्याण्डलाई २ –१ गोल अन्तरले पराजित गरेको छ भने इटालीले स्पेनलाई २–० गोल अन्तरले हराएको छ ।

खेलमा ईटालीलाई विजयी गराउन जर्जियो केलिनी र ग्रेजियानो पेलाले एक–एक गोल गरे । आईसल्याण्डका लागि रग्नार सिगुर्डसन र कोल्बिन सिग्थोर्सनले एक–एक गोल गरे ।

खेलको चौथो मिनेटमै पाएको पेनाल्टीलाई गोलमा बदल्दै वायन रुनीले इङ्ल्यान्डलाई अग्रता दिलाए पनि जित भने सुनिश्चित गर्न सकेन ।

इङ्ल्याण्ड नकआवट चरणबाट बाहिरीए पछि इङ्ल्याण्डका प्रशिक्षक रोय हडसनले राजिनामा दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी