नक्कली डाक्टरहरुद्धारा दायर रिट सर्वोच्च अदालतले खारेज

नक्कली डाक्टरहरुद्धारा दायर रिट सर्वोच्च अदालतले खारेज

  • सोमवार, असार १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ, १३ असार ।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका डाक्टरहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

त्यसैगरी काठमाडौं जिल्ला अदालतले पक्राउ परेका डाक्टरहरुलाई पााच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अपरेशन क्वाकमा पक्राउ परेका १० जना नक्कली प्रमापत्रधारी डाक्टरहरुले आफूहरुलाई गैरकानुनीरुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यही असार ७ गते परेको रिट आज कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्द उपाध्यायको संयुक्त इजलासले खारेज गरिदिएको हो ।

डाक्टरहरु रामकुमार प्रधान, विनिता पाण्डे, सरोज घिमिरे, पन्नलाल पटेल, मोहम्द रुहुल्लाह, श्रीराम घिमिरे लगाएत १० जनाले सर्बोच्चमा रिट हालेका थिए ।

प्रहरीले आफनो कार्यक्षेत्रभन्दा बाहिर गएर आफूहरुलाई थुनामा राखेको भन्दै परेकोे मुद्दा खारेज भएसँगै सिआइबीलाई डाक्टरहरुमाथि अनुसन्धान गर्ने बाटो खुलेको डिआइजी नवराज सिलवालले बताउनुभयो ।

गत पाँच गते सिआइबीले दश जिल्लाका विभिन्न अस्पतालहरुमा एक साथ अपे्रशन गरेर नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा ३६ जना डाक्टरहरुलाई पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ