रौचहट, १३ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुकम्प पिडितलाई कम्तीमा पनि ३ लाख रुपैयाँ प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले भन्नुभयो, ‘भूकम्प गएलगतै हाम्रो पार्टीले पीडितहरुलाई भूकम्प प्रतिरोधी घर बनाउन ५ लाख दिनुपर्ने माग गरेको थियो ।
कांगे्रसले २ लाखको माग गर्दै संसद अवरुद्ध गरिरहेका बेला उनीहरुसँगै सहमती गरेर पीडितलाई ३ लाख रुपैयाँ प्रदान गर्नुपर्छ ।’उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा भइसकेको उहाँको भनाई छ ।
प्रचण्डले नयाँ कार्यविधि बनाएर भए पनि पीडितहरुलाई भूकम्प प्रतिरोधी संरचना बनाउनका लागि आवश्यक रकम छुट्टयाउनुपर्ने धारणा अघि सार्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline