स्थानिय निर्वाचनको तयारी थाल्न आयोगलाई प्रमको निर्देशन

स्थानिय निर्वाचनको तयारी थाल्न आयोगलाई प्रमको निर्देशन

  • सोमवार, असार १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमााडौं, १३ असार ।
प्रधानमन्त्री केपि शर्मा ओलीले मुलुकको निकासका लागी स्थानिय निकायको निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ ।

निर्वाचन आयोगका प्रतिनिधिसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले स्थानिय निर्वाचन पछि मुलुकले गति लिने भन्दै मुलुकको निकासका लागि निर्वाचन अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य पार्टीसँग छलफल गरेर निर्वाचनको मिति घोषणा गरिने प्रधानमन्त्री ओलीको बताउनु भयो ।

आयोग कार्यलयमा आज बिहान भएको छलफलका क्रममा निर्वाचनको मिति घोषणा हुँदा निर्वाचन हुन सक्ने वा नसक्ने बिषयमा आयोगसँग परामर्श पछि आवश्यक तयारी थाल्न पनि निर्वाचन आयोगलाई निर्देशन समेत दिनुभयो ।

सो क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले मंसिरमा स्थानीय निर्वाचन गराउन आयोग सक्षम रहेको बताउनु भएको थियो ।

आयुक्त यादवले आयोगलाई पूर्णता दिएर आवश्यक ऐन कानुन छिटो बनाई स्थानिय निर्वाचनको तयारी थाल्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको भएको भन्दै उहाले निर्वाचनका लागि आयोगले आवश्यक प्राविधिक र प्रशासनिक तयारी गरिसकेको जानकारी समेत गराउनु भयो । निर्वाचन सम्पन्न गर्न कम्तिमा १ सय २० दिनअगाडि सरकारले मिति घोषणा गर्नुपर्ने उहाको भनाइ छ ।

छलफलमा प्रधानमन्त्री ओली, कानुनमन्त्री अग्नि खरेल, कार्यवहाक प्रमुख निर्वाचन आयुक्त यादव र आयोगका पदाधिकारी सहभागी थिए । छलफलपछि सन्चारकर्मीसँगको कानुनमन्त्री खरेलले मंसिरमा चुनाव गर्नेबारे आयोग पनि सकारात्मक रहेको र आवश्यक परामर्शमा सरकार लागिपरेकोले यसबारे छलफल गरेर चाँडै मिति तोक्ने बताउनुभयो ।

खरेलले निर्वाचन गर्नु सरकारको एक मात्र लक्ष्य रहेकाले कानुनी व्यवधानका बारेमा पनि आयोगसँग छलफल भएको जानकारी दिनुभयो । अन्य दल र निर्वाचन आयोगसँग परामर्शपछि स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने खरेलको भनाई छ ।

सोहिक्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले अहिलेसम्म गरेको काम र तयारीका बारेमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीसँगै गृहमन्त्री शक्ति बस्नेत, कानुन मन्त्री खरेल, एमाले महासचिव इश्वर पोखरेल, एमाले सभासद् राजेन्द्र पाण्डे, भानुभक्त ढकाल पनि निर्वाचन आयोग पुगेका थिए ।

मंसिरमा स्थानीय निकायको चुनावको कार्ययोजना सार्वजनिक गरेको सरकारले त्यसैको तयारीस्वरुप आज यसबारे आयोगसँग परामर्श गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ