झापामा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

झापामा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

  • सोमवार, असार १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

झापा, असार १३ ।

झापाको बिर्तामोड–१ रामचोक सडकखण्डमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धरमपुर–६ का ३१ वर्षीय राजु आचार्य र बिर्तामोड–२ का ३३ वर्षीय पुकार गिरी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

रामचोक सडकखण्डमा गएराति पश्चिमतर्फ आइरहेको को९प ६८४९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको मे१ख १९०६ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो क्रममा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएकामा आचार्यको गएराति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, सोही मोटरसाइकलमा पछाडि सवार गिरी गम्भीर घाइते भई बिर्तामोडस्थित बि एन्ड सी हस्पिटलमा ल्याइएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ