अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्दै मेस्सीले भने “इट्स अल ओभर”

अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्दै मेस्सीले भने “इट्स अल ओभर”

  • सोमवार, असार १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी ,१३ असार ।

कोपा अमेरीका फुटबलमा चिलीसँग आफ्नो टिम परावित भएपछि बिक्षिप्त बनेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् ।

कोपाको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि विक्षिप्त बनेका मेस्सीले अन्तराष्ट्रिय फुटबल खेलबाछ सन्यासको घोषणा गरेका हुन् ।

आज बिहान चिलीबिरुद्धको फाइनलमा पराजित भएपछि अर्जेन्टिनि टेलिभिजनसँग कुरा गर्दै मेस्सीले भने, ‘इट्स अल ओभर, अर्जे्न्टिनाका लागि मेरो करिअर यतिमै सकियो ।’ उनले थपे, ‘यो क्षण अत्यन्तै दुःखद छ ।’

यद्यपी उनले अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा निर्णय परिवर्तन गर्न सक्ने संभावना कायमै रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग र गत बर्षको कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो । त्यसअघि सन् २००७ को कोपा अमेरिकामा पनि अर्जे्न्टिना फाइनलमै पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी