काठमाडौं, असार १३।
गएराति परेको ठूलो पानीका कारण आज पनि मुग्लिन नारायणघाट सडकखण्ड अवरुद्ध भएको छ ।
राति एकैछिन एकतर्फी बाटो खुलाएपनि फेरि पहिरो खसेपछि बाटो अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै सडकमाथिबाट ढुंगा खस्दा पन्छाउन पनि कठिनाई भएको छ ।
पहिरोका कारण दिनहुँजसो मुग्लिन नारायणघाट सडक अवरुद्ध हुन थालेपछि सकेसम्म यो रुट प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
हरेक दिन पहिरोका कारण लामो जाममा फस्ने गरेपछि वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो ।
यो सडकखण्ड हुँदै पूर्व जाने गाडीले बनेपा–सिन्धुली ,पश्चिम ओहोरदोहोर गर्ने गाडीले पोखरा, पाल्पा हुँदै बुटवल निस्कने वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीका सुझाव दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline