एजेन्सी असार १३ ।
फ्रान्समा जारी युरो कपल फुटवल प्रतियोगिता अन्तर्गत आज राति पनि दुइ खेल हुदै छ । आज राति हुने पहिलो खेलमा इटाली र स्पेन मैदान उत्रदैछन् । यी दुवै टोली नेपाली समय अनुसार पौने १० बजे मैदान उत्रनेछन् ।
पौने एक बजे हुने दोस्रो खेलमा इङल्यान्ड र आइसल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।
त्यस्तै गएराति सम्पन्न खेलमा फ्रान्स ,बेल्जियम जर्मनी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
गए राति भएको खेलमा हंगेरीलाई ४–० ले हराएर बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो । समूह एफको विजेताको रुपमा अन्तिम १६ मा आएको हंगेरी समूह इको उपविजेता बेल्जियमसँग पराजित भएर घर फर्किन बाध्य भयो । बेल्जियमको जितमा टोबी एल्डावेरल्ड, मिचु बाट्शुयी, इडन हर्जाड र यानिक काररास्कोले एक एक गोल गरे ।
गए राति भएको खेलमा स्लोभाकियालाई ३–० ले हराएर जर्मनीले अन्तिम ८ मा स्थान बनाएको हो । लिलेमा भएको खेलमा जर्मनीलाई जित दिलाउन जेरोम बोटाङ, मारियो गोमेज र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।