एजेन्सी असाार १३।
फ्रान्समा जारी युरो कपल फुटवल प्रतियोगिता भएको प्रिक्वाटरफाइनलको खेलमा आयोजक देश फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
जितसँग फ्रान्स क्वाटर फाइनलमा पुगेको छ । खेलको दुई मिनेटमै फ्रान्सका स्ट्राइकर पोक्बाले आयरल्याडका खेलाडीलाई डिएरियामा लडाएपछि आयरल्याण्डले पेनाल्टी पाएको थियो ।
पेनाल्टीलाई आयरल्याण्डका रोबी ब्रेडीले गोल गर्दै आयरल्याडलाई अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन ।
दोस्रो हाफको ५८ औं मिनेटमा फ्रान्सका एन्टोनी ग्रिम्यानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यस्तै एन्टोनीले नै ६१ औं मिनेटमा दोस्रो गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् ।
आयरल्याण्डका सेन डोफ्रिले डिएरिसया नजिक फ्रान्सका स्ट्राइकर एन्टोनीलाई लडाएपछि डोफ्रीले रेड कार्ड पाएका थिए । डोफ्रीले रेड कार्ड पाएपछि १० खेलाडीमा सिमित आयरल्याण्ड लगातार दबाबमा परेको थियो ।