एजेन्सी असाार १३।
अमेरिकामा आज सम्पन्न भएको कोपा अमेरिका फुटवल प्रतियोगिताको उपाधी डिफेन्डिङ च्याम्पिएन चिलीले आफ्नो पक्षमा पारेको छ ।
डिफेन्डिङ च्याम्पिएन चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुट आउटमा ४–२ले हराउदै कोपा अमेरिका फुटवलको उपाधी उचालेको हो ।
यो सँगै चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ ।
प्रतियोगिताको अघिल्लो संस्करणको फाईनलमा पनि अर्जे्न्टिनालाई टाई ब्रेकरमा पराजित गर्दै चिलीले उपाधि जितेको थियो ।
आजको खेलमा अर्जे्न्टिनाका लागि सर्वा्धिक आशा गरिएका खेलाडी लियोनल मेस्सी र लुकास बिग्लीयाले पेनाल्टी मार्फत गोल गर्न सकेनन् ।
यसअघि खेलको पहिलो हाफमै चिलीका मार्केलो डिज र अर्जेन्टिनाका मार्काेस रोजोले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline