उपत्यकाको सवारी रुट घटाउने सरकारको तयारी

उपत्यकाको सवारी रुट घटाउने सरकारको तयारी

  • आइतवार, असार १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ १२ असार ।
सरकारले काठमाडौं उपत्यकामा ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकता दिने गरी हाल कायम रहेको सवारी रुटलाई घटाएर ६६ वटामा सीमित पार्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी व्यवस्थापनमा मास ट्रान्सपोर्टलाई प्राथमिकता दिन यस सम्बन्धी अन्तिम निर्णय गदै मन्त्रि परिषदमा पठाउने तयारी गरेको हो ।

उपत्यकामा हाल करिब ३ सय संघ, संस्था, समिति मातहतमा १० हजार सवारी दार्त भई सञ्चालन हुुँदै आएका छन् । योजना मन्त्रिपरिषदबाट पारित भएर आएपछि उपत्यकामा प्राइमरी, सेकेन्डरी र टर्सरी गरी ३ वर्गमा ६६ वटा रुट कायम हुनेछन् ।

प्राइमरीमा ८० सिट क्षमताका ८ रुट, सेकेन्डरीमा ४० देखि ६० सिट क्षमताका सवरी गुड्ने १६ रुट र टर्सरीमा साना सवारी गुड्ने गरी ४२ रुट निर्धारण गरिने आयोजनाका उपआयोजना निर्देशक रमेश पौडेलले जानकारी दिनुभयो ।

उहाका अनुसार काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका लागि बनाइएको काठमाडौं दिगो सहरी यातायात योजना अन्तर्गत काम अघि बढाइएको हो । यसबाट उपत्यकाको सहरी यातायातमा सुधार हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ