काठमान्डौ असार १२।
राजधानीको भोटाहिटी स्थित एक पसलमा आगलागि भएको छ । आगलागीबाट पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
भोटहिटी स्थित निर्मल श्रेष्ठको घरमा ज्ञानरत्न तुलाधरले सञ्चालन गर्दै आएको नेपाल पुल हाउसको पसलमा आज विहान आगलागि भएको हो ।
चार्जमा राखेको इन्भटर सर्ट भएर आगलागी भएको सहकर्मी कमल काफ्ले ले जानकारी दिनु भयो ।विहान ७ ः१० बजे बाट सुरु भएको आगलागी करिब ८ बजे तिर नियन्त्रणमा लिइएको थियो ।
जुद्ध बारुद यन्त्र र किर्तिपुर नगरपािलका बाट सञ्चालित दमकलको सहयोगमा आगलागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline