सरकार काग्रेसको घेरावन्दीमा परेको थरुहट संभर्ष समितिको आरोप

सरकार काग्रेसको घेरावन्दीमा परेको थरुहट संभर्ष समितिको आरोप

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, ११ असार ।

सरकार नेपाली कांग्रेसको घेराबन्दीमा परेको आन्दोलनरत थरुहट–थारुवान संयुक्त संघर्ष समितिले आरोप लगाएको छ ।

घेराबन्दी कै कारण बिभिन्न माग राखेर आन्दोलनमा रहेका बिभिन्न दल तथा समुहको माग सम्बोधनमा ढिलाई भएको उसको भनाई छ । पुर्न्निर्माणमा सरकार गंभिर नभएको भन्दै कांग्रेसले पछिल्लो समय सरकारको जवाफ माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

थरुहट थारुवान प्रदेशको माग गर्दै काठमाडौं सहित तराईका बिभिन्न जिल्लामा आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले कांग्रेसको पछिल्लो माग कारण आफुहरुको माग सम्बोधनका लागि वार्तामा बस्न सरकारसँग समय नै नभएको बताएको हो ।
माग सम्बोधनका लागि सरकार गंभिर नबनेको आरोप लगाउदै सांकेतिक बिरोधमा रहेको थरुहट–थारुवान संयुक्त संघर्ष समितिले जस्तो सुकै अवस्थामा वार्तामा बस्न तयार रहेको बताएपनि सरकारबाट पहल नभएको भन्दै आपत्ति जनाएको छ ।
माग सम्बोधनका लागि गत जेष्ठ २३ गते एक महिने अल्टिमेटम दिदै ७ बुँदे सर्त र १३ बुँदे माग अघि सारेको संघर्ष समितिर सरकार माग सम्बोधनका लागि गंभिर नबनेको भन्दै असार एक गतेबाट काठमाडौं सहित तराईका बिभिन्न जिल्लामा आन्दोलनमा छ ।

सरकारसँग वार्ताका लागि भन्दै संघर्ष समितिले संयोजक धनीराम चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेपनि सरकारबाट पछिल्लो समय वार्ताका लागि आह्वान भने भएको छैन ।
वार्ता टोलीका सदस्य समेत रहेका समिति आवद्ध बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोर बिश्वासले दलहरुसँग छलफल नै नगरी एकलौटी रुपमा निर्वाचनको घोषणा गरेको बर्तमान सरकार आफै कमजोर बनेको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ