सिराहको घुर्मी खोलामा बाढी आएपछि स्थानीय त्रसित

सिराहको घुर्मी खोलामा बाढी आएपछि स्थानीय त्रसित

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ,११ असार ।
अबिरल वर्षासँगै आएको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

badiएक साता यता वर्षा सँगै घुर्मीखोलामा आएको तीव्र गतिको बाढीले बाँध भत्काउन थालेपछि गाउँमा बाढी पस्ने डरले स्थानयवासी त्रसित बनेको गाविस सचिव हरिकृष्ण मैनालीले जानकारी दिनु भयो ।

बाढीले घुर्मी खोलाको बाँध टुटेसँगै डुमरी गाविस वडा नं ७ मा बाढीले ठूलो क्षति पु¥याउन सक्ने सम्भावना रहेको गाविस सचिव मैनालीले बताउनु भयो ।

यता सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जल उत्पन्न कार्यालय सिरहाबाट इन्जिनियर सहितको प्राविधिक टोली बिहानै त्यसतर्फ पठाएको जानकारी दिनुभयो ।

यस्तै अबिरल वर्षाका कारण सिरहा सदरमुकामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । सदरमुकामस्थित जिल्ला पशु कार्यालय, कृषि विकास, जिल्ला जनस्वास्थ्य, विद्युत् प्राधिकरण कार्यालय लगायतका कार्यालयमा पानी जमेका छन् ।

यसअघि हिजो सिरहाको लहानस्थित बलान खोलाबाट इलाका प्रहरी लहानले तीन जनालाई उद्धार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ