बालिका बलात्कारको अभियोगमा पुजारी पक्राउ

बालिका बलात्कारको अभियोगमा पुजारी पक्राउ

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौ ११ असार ।  

नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक पुजारीलाई पक्राउ गरेको छ । पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जनाएको छ ।

मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी बलात्कार गर्ने गरेको अरोपमा पुजारी रामदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास लुक्दै आएकामा उनलाई दुई दिन अगाडि जगरनाथपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ