भूकम्पले आंशिक घर भत्किएकाले ५० हजार पाउने

भूकम्पले आंशिक घर भत्किएकाले ५० हजार पाउने

  • शुक्रबार, असार १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

१० असार, काठमाडौं ।
सरकारले भूकम्पबाट आंशिक क्षति भएका घर मर्मतसम्भार एवं प्रबलीकरण गर्नका लागि ५० हजार रुपैयाँ दिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको आज बसेको बैठकले निजी आवास अनुदान कार्य्विधिमा आवश्यक संशोधन गरी ५० हजार रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो ।

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका वा भत्काएर पुन बनाउनु पर्ने घरहरुका लागि भने २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था निजी आवास अनुदान कार्य्विधिमा उल्लेख छ ।

यस्तै बैठकले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गरी योजनाबद्ध एकीकृत नमूना बस्ती विकास गर्ने निर्णय गरेको छ ।

शाखारहित बैंकिङ प्रणाली तथा घुम्ति बैंक सेवाको व्यवस्था मिलाई अनुदान वितरण द्रुत गतिमा अघि बढाउने निर्णय पनि भएको छ । भूकम्प पीडित अनुदान पाउन योग्य सबै घरधनीहरु कोही पनि नछुटुन र मापदण्डमा नपरेकाहरु नपरुन भन्ने सिद्धान्तमा आधारित रही आवास अनुदान उपल्बध गराउने निर्णय पनि भएको छ ।

यस्तै चार महिनाभित्रमा कम्तिमा ३० हजार निर्माणकर्मीलाई गाउँ तहमा तालिम उपलब्ध गराउने, प्रत्येक गाउँ टोल तथा बस्तीहरुमा पुनर्निर्माण सामुदायिक समिति गठन गर्ने, भूकम्प अति प्रभावित क्षेत्रका प्रत्येक निर्वाचन क्षेत्रमा एक(एक वटा स्रोत केन्द स्थापना गरी पुनर्निर्माण कार्यमा स्थानीय जनतालाई प्राविधिक सहयोग उपलब्ध गराउने कार्ययोजना समेत पारित गरेको छ ।

रानी पोखरीको पुनर्निर्माण भाइटिका अघि सक्ने, काठमाडौं उपत्यका सहित भूकम्प प्रभावित १७ जिल्लामा सर्भेक्षण तत्काल सुरु गर्ने, बुढी गण्डकी आयोजना क्षेत्रमा डुबानमा पर्ने पीडितका लागि अस्थायी आवास निर्माणका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

जिविस, गाविस र नगरपालिका तहमा पुनर्निर्माण सम्बन्धी पञ्च वर्षिय राष्ट्रिय योजनाको खाकामा आधारित भई पुनर्निर्माण सम्बन्धी स्थानीय पञ्च वर्षिय योजनाको खाका तयार पारी कार्यान्नवयनमा ल्याउने समेत निर्णय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ