काठमाडौ १० असार ।
काबुल घटनामा गम्भिर घाइते भइ उपचारका क्रममा मृत्यु भएका नुवाकोटको च्याङ्बा तामाङको शव आज काठमाडौ ल्याइएको छ ।
तामाङको शव लिएर एयर इन्डियाको विमान बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको पराष्ट मन्त्रालयले जनाइएको छ ।
तामाङको शव आजै परिवारलाई बुझाउने तयारी गृह मन्त्रालयले गरेको छ ।
गत सोमबार आफ्गानिस्तानको काबुलमा तालीवानी आक्रमणमा परी गम्भिर घाइते भएका उनको उपचारका क्रममा बुधबार निधन भएको हो ।
आक्रमणमा तामाङसहित १३ जना नेपालीको ज्यान गएको थियो भने घाइते ६ जनाको भारतको दिल्लीमा उपचार भइरहेको छ । सरकारले मृतकका प्रति परिवारलाई १० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline