काठमाडौ १० असार ।
काबुल घटनामा गम्भिर घाइते भइ उपचारका क्रममा मृत्यु भएका नुवाकोटको च्याङ्बा तामाङको शव आज काठमाडौ ल्याइदैछ ।
तामाङको शव लिएर एयर इन्डियाको विमान बिहान साढे ८ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ ।
गत सोमबार आफ्गानिस्तानको काबुलमा तालीवानी आक्रमणमा परी गम्भिर घाइते भएका उनको उपचारका क्रममा बुधबार निधन भएको हो ।
तामाङको शवलाई हिजो नै नयाँ दिल्ली लगिसकेको छ । आक्रमणमा तामाङसहित १३ जना नेपालीको ज्यान गएको थियो भने घाइते ६ जनाको भारतको दिल्लीमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline