काग्रेसले संसदका १२ वटा समितिका संयोजक तोक्यो

काग्रेसले संसदका १२ वटा समितिका संयोजक तोक्यो

  • बिहिबार, असार ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं ,९ असार।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १२ वटा संसदीय समितिहरुमा पार्टीको भूमिका प्रभावकारी बनाउन संयोजकहरु तोकेको छ ।

Congress-samsadiyd-Dal-ko-officeकांग्रेसको संसदीय दलको कार्यसमितिको आज विहान बसेको बैठकले अर्थ समितिमा पार्टीका सांसद्हरुले सशक्तरुपमा आवाज उठाउन नसकेका कारण बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन (बाफिया)लाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमाथिको प्रतिवेदन विवादित बन्न पुगेको निष्कर्षसहित संसदमा रहेका समितिमा पार्टीका तर्फबाट संयोजक तोकेको हो ।

समितिहरुमा विधेयकहरुमाथि तथा विभिन्न मन्त्रालयका कामकारवाही सम्बन्धमा हुने छलफलमा प्रभावकारीरुपमा आवाज उठाउनका लागि संसद्का १२ वटै समितिमा संयोजक तोकिएको प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेसले लेखा समितिमा भरतकुमार शाह, अर्थ समितिमा मोहन बराल, राज्यव्यवस्था समितिमा नविन्द्रराज जोशी, अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बलबहादुर केसी, कृषि तथा जलस्रोत समितिमा सुधिर शिवाकोटी र विकास समितिमा जीवनबहादुर शाहीलाई संयोजक तोकेको छ ।

यस्तै उद्योण वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा अम्बिका बस्नेत, सामाजिक न्याय तथा मानवअधिकार समितिमा मोख्तार अहमद, महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिमा जीवन परियारलाई तोको छ ।

सुशासन तथा अनुगमन समितिमा पद्मनारायण चौधरी, विधायन समितिमा तारिणीदत्त चटौत र वातावरण संरक्षण समितिमा मानबहादुर विश्वकर्मालाई संयाजकको जिम्मेवारी पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ