एजेन्सी,असार ९।
अमेरिकामा जारी कोपा अमेरिका फुटवल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चिली फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनल अन्तरगत आज विहान भएको खेलमा कोलम्बियालाई २ –० को गोल अन्तरले हराउदै चिली फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ मै चिलीले २–० ले अग्रता लिएको थियो ।
खेलको सातौ मिनेटमा चार्लेसले गोल गदै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ११ औ मिनेटमा जोसेले गोल गर्दै चिलीको अग्रता दोब्बर पारे ।
चिलीले फाइनलमा आगामी आइतबार अर्जेन्टिना सँग प्रतिस्पर्धा गर्ने छ । यसअघि आयोजक अमेरिकालाई पराजित गर्दै अर्जेनिटना प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
गत वर्ष पनि चिलीले फाइनलमा अर्जेन्टिनालाई हराउदै उपाधि उचालेको थियो ।
अमेरिकाको सिकागोमा भएको खेल आँधी हुरीको कारण अबरुद्ध बन्न पुगेको थियो । पहिलो हाफ सकिए लगत्तै आँधी हुरीका कारण सिकागो जलमग्न भएपछि खेल झण्डै २ घण्टा अवरुद्ध बन्न पुगेको हो ।