चितवन ,९ असार ।
चितवनको मुग्लीङ नारायणगड सडक खण्डमा गएरातिदेखि यातायात अबरुद्ध भएको छ ।
यातायात अबरुद्ध भएपछि चितवन भएर राजधानी भित्रने र बाहिरी सयौ सवारी साधन मुग्लीङ सडक खण्डमा रोकिएका छन् ।
मुग्लिङदेखि चार किलोमिटर पर नारायणगड तर्फ सुन्यभन्ज्याङ स्थित सडकमा पहिरो खस्दा सडक अबरुद्ध भएको बरिष्ठ प्रहरी उपरिक्षक बसन्त कुँवरले जानकारी दिनुभएको छ ।
सढकमा पहिरोसँगै ठुल्ठुला ढुङगा खसेपछि त्यसलाई हटाउन कठिन भएको जनाईएको छ ।
पहिरो हटाएर बाटो खुलाउन अझै छ घण्टा बढी लाग्न सक्ने उहाले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline