बैतडी, ९ असार ।
बैतडीको रुद्रेश्वरमा पहिरोसँगै माथिबाट खसेको ढुङ्गा लागेर गएराति एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडी रुद्रेश्वर–७ पन्सेराका ५० वर्षिय जने ओड रहेका छन् ।
चमेलिया नदीमा तटबन्धको काम गरिरहेका बेला एक्कासि माथिबाट पहिरोसँगै खसेको ढुङ्गाले लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो ।
मृतकको शव गोकुलेश्वर स्वास्थ्यचौकीमा राखिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline