काठमाण्डौ ,९ असार ।
युरोकप २०१६ का समुह एफ र ईका अन्तिखेल सकिएसँगै आयरल्याण्ड , पोर्चुगल , आइसल्याण्ड र बेल्जियम नकआट चरण प्रवेश गरेका छन् ।
समुह इ को अन्तिम लिग खेलमा इटलीलाई पराजित गरेको आयरल्याण्ड तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
आज बिहान सम्पन्न खेलमा अप्रत्यासित नजिता निकाल्ने क्रममा आयरल्याण्डले उपाधिको दाबेदार इटलीलाई १ – ० गोल अन्तरले हरायो । उसको जितमा खेलको ८५ औं मिनेटमा ब्रेडीले गोल गरेका थिए ।
इटलीले भने समूह चरणको अन्तिम खेल अघि नै नकआउट चरण पुगिसकेको छ । उसले नकआउट चरणमा स्पेनसँग प्रतिस्पर्धा गर्ने छ ।
जितसागै रिपब्लिक अफ आयरल्याण्ड ४ अंकसहित समूह ईको तेस्रो स्थानमा रहृयो । अब उसले फ्रान्सको सामना गर्नेछ ।
यस्तै गएराति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा पोर्चुगलले हंगेरीलाई बराबरीमा रोक्दै समुह चरणबाट बाहिरिनबाट जोगिएको छ । हंगेरी र पोर्गुगलले ३ – ३ को बराबरी रोकिएका हुन् ।
बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह एफको विजेता बनेको छ । ३ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा रहृयो । तर, तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको छ । अब पोर्चुगलले अन्तिम १६ मा समूह डीको विजेता क्रोएसियासँग खेल्नु पर्नेछ ।
खेलमा हंगेरीले तीन पटक अग्रता लिएर पनि जोगाउन नसक्दा पोर्चुगललाई रोक्न नसक्दा अंक बाड्न बाध्य भएको हो ।
आइसल्याण्ड युरो कपको पहिलो सहभागितामा नै नकआउट चरणमा पुगेको छ । अन्तिम मिनेटको गोलको मदतमा अष्ट्रियामाथि २ – १ को नाटकीय जित आत पारेको छ । युरो कपमै पहिलो जित दर्ता गरेको उसले नकआउट चरणमा स्थान बनाएको छ ।
जितसँगै तीन खेलबाट ५ अंक जोडेको आइसल्याण्ड समूह एफका उपविजेता बनेको छ । र, अब अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ । आइसल्याण्ड युरोकप खेल्ने अहिलेसम्मकै सानो देश हो ।
यस्तै स्वीडेनलाई हराउँदै बेल्जियम युरोकप २०१६ को नकआउट चरण प्रवेश गर्दा स्वीडेन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा बेल्जियमले स्वीडेनलाई १ – १ गोल अन्तरले हराएको छ । यो हारसँगै स्टार इट्राकर जाल्टन इब्राहिमोभिचको अन्तराष्ट्रिय करियरको अन्त्य भएको छ । उनले युरोकपपछि सन्यास लिने घोषणा गरेका थिए ।
समूह चरणबाटै बाहिरएको स्वीडेन ३ खेलबाट एक अंकसहित समूहको पुछारमा रह्यो । जितसँगै बेल्जियम ६ अंक भएको छ । अब उसले अन्तिम १६ मा हंगरीसँग खेल्नेछ ।
रिपब्लिक अफ आयरल्याण्डमाथि ३ – ० को जित निकालेको बेल्जियमले स्वीडेनमाथि हावी हुने अनुमान गरिएको थियो । तर, त्यस्तो हुन सकेन ।
स्वीडेनको भने जित हात पार्न नसकेपनि युरोकप २०१६ कै राम्रो खेल थियो । सुरुवाति २ खेलमा कमजोर प्रदर्शन गरेको स्वीडेनको चार प्रहार सही दिशामा थियो । अघिल्लो दुई खेलमा एक मात्र थियो ।