युरोकप फुटबलमा अन्तिम १६ को टुङ्गो लाग्यो

युरोकप फुटबलमा अन्तिम १६ को टुङ्गो लाग्यो

  • बिहिबार, असार ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ,९ असार ।

युरोकप फुटबलमा समुह चरणको अन्तिम खेल सकिदा विजेता र उपविजेता बन्दै १२ टोलीले प्रि क्वाटर फाइनलमा स्थान बनाएका छन् ।

यस्तै अन्य ६ समुहबाट तेस्रो स्थानमा रहेका उत्कृष्ट ४ टोली पनि अघिल्लो चरण प्रवेश गरेका छन् ।

प्रि क्वाटर फाइनल खेल्ने १६ टोलीको टुङ्गो लागेको हो ।

समुहचरणको अन्तिम खेलमा गएराती बेल्जियम, रिपब्लिक अफ आयरल्याण्ड र आइसल्याण्डले आआफ्नो खेलमा जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएका हुन् ।

यसैबीच, युरोकपको जारी सिजनमा चार टोली भाग्यमानी बने । समुह विजेता र उपविजेता बाहेक ६ समुहबाट तेस्रो स्थानमा रहेका उत्कृष्ट ४ टोलीले समेत युरोकपको अन्तिम १६ मा स्थान बनाए । सवैभन्दा भाग्यमानी टोली समुह एफ मा रहेको पोर्चुगल बन्यो ।

लिग चरणको तीनै खेलमा बराबरीमा रोकिएको पोर्चुगल ३ अंकमा प्रिक्वाटर फाईनलमा प्रवेश र्गयो । उसले प्रिक्वाटरफाईनलमा क्रोएसियासंग प्रतिस्प्र्धा गर्नेछ ।

४ अंक रहेको समुह बी को स्लोभाकिया र समुह ई मा रहेको रिपब्लिक अफ आयरल्याण्डले पनि अन्तिम १६ मा स्थान बनाए ।
यस्तै समुह सी मा रहेको नर्दन आयरल्याण्डले पनि प्रिक्वाटरफाईनलको टिकट काट्यो ।
युरोकपको नकाउट चरणका खेल आगामी शनिवारबाट सुरु हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी