काठमाण्डौ ,८ असार ।
बम आक्रमणमा मारिएकाहरुको शव लिन गएको नेपाल एयरलाईन्सको विमान मार्फत अफगानस्तानको काबुलबाट १४ जना नेपाली पनि स्वदेश फर्कदै छन् ।
शव लिन गएको नेपाल एयरलाइन्सको चार्टर विमानमा १४ जना नेपाली स्वदेश फर्किएका वायु सेवा निगमका फ्याइट अप्रेसन अधिकृत एसपी अधिकारीले जानकारी दिनुभयो ।
‘१२ वटा शव बाहेक उद्धारका लागि बिहान त्यहिँ बिमानमा काबुल पुगेका १० जना सहित २४ जनालाई बोकेर विमान काठमाण्डौका लागी काबुलबाट उडिसकेको छ ।
फर्कने १४ जनाको नाम ठेगाना खुलेको छैन । उनीहरु काबुलमा नै विभिन्न ठाउँमा कार्यरत थिए । गत सोमबार बिहान भएको आत्मघाती बम आक्रमणमा परेर १२ जना नेपालीको ज्यान गएपछि सुरक्षाका कारण उनीहरु स्वदेश फर्किन लागेका हुन् ।
काबुलमा कार्यरत २४ जना नेपालीले स्वदेश फर्कन दुतावासमा नाम टिपाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline