काठमाण्डौको बागबजारमा एका बिहानै युवतीमाथि छुरा प्रहार

काठमाण्डौको बागबजारमा एका बिहानै युवतीमाथि छुरा प्रहार

  • बुधबार, असार ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं , ८ असार ।
काठमाडौंको बागबजारस्थित पुरानो बसपार्क नजिकै सडकमा हिडिरहेकी दोलखाकी सुष्मा थामीमाथि छुरा प्रहार भएको छ ।

chura-prahar

बागबजार नै बस्दै आएकी दोलखा लापिङकी २१ वर्षीया सुष्मा माथि बिहान करिब ८ बजे हिंडिरहेको अवस्थामा छुरा प्रहार भएको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारका अनुसार आफूलाई सुष्माको श्रीमान बताउने दोलखा लापिङकै २१ वर्षीय झलकबहादुर थापाले छुरा प्रहार गरेका हुन् ।

पछाडिबाट प्रहार गरिएको छुराले सुष्माको ढाडमा गहिरो चोट लागेको छ । उनी अहिले बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी बताएको छ । उनको बागबजारस्थित मोडल अस्पतालमा उपचार भैरहेको छ ।

छुरा प्रहार गर्ने थापालाई प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । सुष्मासँग करिब २ वर्ष अगाडि आफ्नो विवाह भएको र घरायसी विवादका कारण केही महिनादेखि आफूहरु छुट्टाछुटै बस्दै आएको थापाले प्रहरीलाई बयान दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ