प्रधानमन्त्री काबुल घटनामा मारिएकाको शव बुझ्न विमानस्थल जाने

प्रधानमन्त्री काबुल घटनामा मारिएकाको शव बुझ्न विमानस्थल जाने

  • बुधबार, असार ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाण्डौ ,८ असार ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार आफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा परी ज्यान गुमाएका १२ नेपालीको शव बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने बताईएको छ ।

KP-oliनेपाल वायु सेवा निगमको चार्टर विमानमार्फत घटनामा मारिएका सबै नेपालीको शब ल्याईदैछ ।  शव लिनका लागि चार्टर विमान आजै बिहान साढे ३ बजे काबुल गएको छ ।

एयरबस साढे ११ बजे काठमाडाैं अवतरण गर्ने भनिए पनि काबुल विमानस्थलबाट उक्त विमान हालसम्म पनि नउडेकाे ‘फ्लाइटराडार २४’ काे वेबसाइटले देखाएका छ । के कारणले विमान उड्न ढिला भइरहेकाे हाे भन्ने जानकारी कतैबाट पनि अाएकाे छैन ।

परराष्ट्र मन्त्रालयकाे स्रोतकाे अनुसार विमान उताबाट १२ बजेकाे तिर उड्ने छ । काबुलबाट काठमाडाै‌ंकाे हवाई दुरी लगभग ३ घन्टाकाे छ ।

उक्त विमानमा अफगानिस्तानबाट घर फर्कन चाहने नेपालीलाई समेत ल्याउने सरकारले निर्णय गरेकाे छ । सरकारले नेपालीको शव ल्याउन तीन फरक–फरक फ्लाइट कनेक्ट गर्नुपर्ने भएपछि चार्टर विमान पठाएको हो ।

परराष्ट्र मन्त्रालयले मंगलबार गरेको संक्षिप्त प्रेस ब्रिफिङमा प्रवक्ता भरतराज पौड्यालले घाइतेको उचित उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन पहल भइरहेको बताएका थिए । ‘जतिसक्दो छिटो शवहरूलाई नेपाल ल्याएर आफन्तजनको जिम्मा लगाउने कोसिसमा छौं,’ पौड्यालले भने।

क्यानडाको दूतावास सुरक्षाका लागि बसमा जाँदै गर्दा सोमबार बिहान तालिवानी आतंकवादीले बम विस्फोट गराएका थिए। उक्त घटनामा १२ नेपाली र नेपाली मूलका २ भारतीय नागरिकको मृत्यु भएको थियो। घाइते सातमध्ये दुई जनालाई उपचारका लागि मंगलबार भारतको अपोलो अस्पताल ल्याउने भनिएकोमा विमानको प्राविधिक उडानमा समस्या देखिएपछि उनीहरू काबुलमै उपचाररत छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ