काठमान्डौ, ८ असार ।
नवलपरासीको रामग्राममा जारी तराइ मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन अन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।
आज नयाँ नेतृत्व चयनका लािग निर्वाचन प्रक्रिया विहान ९ बजेबाट गर्ने तयारी गरिएको वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठिले जानकारी दिनुभयो ।
निर्वाचन प्रक्रियामा अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री र सदस्य सहितका पदमा प्रतिस्पर्धा हुने देखिएको छ ।
अध्यक्षमा महन्थ ठाकुरले नै दोहोरिने इच्छा गरेका छन् भने महामन्त्रीमा गोविन्द चौधरीले पनि उमेद्वारी दिने बताएका छन् ।
वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठिले पुनः सोही पदमा उम्मेदवारी दिने इच्छा गरेका छन् । पार्टीमा बरिष्ठ सहित तीन उपाध्यक्ष रहने प्रावधान रहेको छ ।
उपाध्यक्षमा बृजेशचन्द्र लाल सर्वेन्द्रनाथ शुक्ला र जीतेन्द्र सोनल विच प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै तीन महामन्त्रीका लािग बृजेश गुप्ता, उमाकान्त झा, जंगीलाल यादव र चन्दा चौधरी विच प्रतिस्पर्धा हुने देखिएको छ ।
सहमहामन्त्रीमा सुरेश मण्डल ,राजेन्द्र साह,कृष्ण सिंह,अन्जु गुप्ता,पुष्पा ठाकुर र जेपी ठाकुर दावेदार देखिएका छन् ।
हिजो पार्टीको संशोधित विधान राजनीतिक दस्तावेज र नीति तथा कार्यक्रम पारित भएको छ ।