एजेन्सी,असार ८
फान्समा जारी युरो कप फुटवल अन्तरगत आज राति पनि ४ खेलहरु हुदै छन् । आइसल्याण्ड विरुद्ध अस्ट्रिया तथा हंगेरी विरुद्ध पोर्चुगल राति पौने १० बजे मैदान उत्रदैछन् ।
त्यस्तै राति पौने १ बजे गणतन्त्र आयरल्याण्ड विरुद्ध इटाली तथा स्विडेन विरुद्ध वेल्जियम प्रतिस्पधा गर्दै छन् ।
समूह ‘इ’र ‘एफ’का चार खेलहरु भएपछि लिग चरण समाप्त हुनेछ ।
यी खेलहरुपछि समूह चरणबाट नकआउट चरणमा पुग्ने १६ ओटा टोलीहरुको टुंगो लाग्नेछ । अहिलेसम्म ‘राउन्ड अफ सिक्सटिन’मा प्रवेश गर्ने १२ टोलीको टुंगो लागिसकेको छ ।
यी १२ टोलीमा फ्रान्स, स्वीट्जरल्यान्ड, वेल्स, इंग्ल्यान्ड, स्लोभाकिया, जर्मनी, पोल्यान्ड, स्पेन, क्रोएसिया, इटाली, हंगेरी र नर्दन आयरलायन्ड छन् ।
प्रिक्वार्टरफाइनलमा इटालीले स्पेनसँग खेल्नेछ भने स्वीट्जरल्यान्ड र पोल्यान्ड भिड्नेछन् । अरु टोलीको प्रतिपस्र्धी टुंगो लाग्न बाँकी छ ।