काठमाडौ ८ असार ।
आयोजक अमेरिकालाई पराजित गर्दै अर्जेनिटना कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ ।
टेक्ससस्थित एनआरजी रंगाशालामा आज बिहान भएको खेलमा अमेरिकालाई ४– ० गोल अन्तरले पराजित गर्दै अजेन्टिनाले उपाधि यात्रा तय गरेको हो ।
अर्जेन्टिनाका लागि खेलको सुरुवार्ती तेस्रो मिनेटमा नै इजेक्वेल लाभेजीले गोल गर्दै अग्रता दिलाए ।
त्यसपछि ३२ औं मिनेटमा लियोनल मेस्सीले पाएको फ्रि किकलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि खेलको पहिलो हाफमा नै अर्जेन्टिनाको अग्रता दोब्बर भयो ।
निकै फर्ममा देखिएको अर्जेन्टिनाले दोस्रो हाफको पाँचौ मिनेटमा गोन्जालोले गोल गरेपछि ३–० को अग्रता कायम गरेको हो ।
यस्तै खेलको ८६ औ मिनेटमा गोन्जालोले पुनः व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिना समग्रमा ४–० ले विजयी भएको हो ।
अर्जेन्टिनाले अब चिली र कोलम्बियाबीचको खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल अन्तरगत चिली र कोलम्बियाबीचको खेल भोली हुनेछ ।