युरो कपमा जर्मनी र पोल्याण्ड विजयी

युरो कपमा जर्मनी र पोल्याण्ड विजयी

  • बुधबार, असार ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी,असार ८

फान्समा जारी युरो कप फुटवल अन्तरगत गए राति सम्पन्न समूह सीका अन्तिम लिगका खेलमा जर्मनी र पोल्याण्ड विजयी भएका छन् ।

विश्व विजेता जर्मनीले नर्दन आयरल्याण्डलाई १–०ले पराजित गर्दै समूह विजेता बनेको छ । पेरिसमा भएको खेलमा जर्मनीको जितमा २९ औं मिनेटमा मारिओ गोजमेले गरेको गोल नै निर्णायक बन्यो ।

जर्मनीसँग पराजित भएपनि नर्दन आयरल्याण्ड अन्तिम १६ मा पुग्न भने सफल भएको छ ।

polandयस्तै पोल्याण्डले युक्रेनलाई १–० ले हराउँदै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। पोल्याण्ड समूह सीको उपविजेता बनेर अन्तिम १६ मा पुगेको हो।

खेलमा ५४ औं मिनेटमा ज्याकोब ब्लासचेकोवस्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

जर्मनी र पोल्याण्डको समान सात अंक नै भएपनि गोल अन्तरका आधारमा पोल्याण्ड समूह उपविजेता बन्यो। समूहका तीनै खेल गुमाएको युक्रेनले एक अंक पनि नजोडी युरोकपको यात्रा टुंग्याएको छ।

पोल्याण्डले अन्तिम १६ मा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी