काठमाडौ, ७ असार ।
काभ्रेपलाञ्चोकमा बोधिचित्त माला लुटपाटमा विप्लव माओवादीका कार्यकर्ता संलग्न रहेको भन्ने भनाईलाई सो पार्टीले खण्डन गरेको छ ।
पार्टी प्रवक्त खडगबहादुर विश्वकर्मा प्रकाण्डले नियोजित र षड्यन्त्रमुलक ढङ्गले आफ्नो पार्टीको नाम त्यसमा मुछिएको भन्दै आपत्ती जनाउनु भएको छ ।
काभ्रेमा बोधिचित्त माला लुटपाटमा संलग्न विप्लव माओवादीका कार्यकर्ता पक्राउ परेको भन्दै केही सन्चार माध्यममा समाचार प्रकाशित भएपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
रेडियो मिरमिरेसँग कुरा गर्दै प्रकाण्डले पक्राउ परेका व्यक्तिहरु आफ्नो पार्टीमा संलग्न छ छैन भन्ने विषयमा छानबिन कार्य समेत अघि बढाएको बताउनु भयो ।
बोधिचित्त माला लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेको गुकुलेबाट दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय कृष्णबहादुर श्रेष्ठ र ३३ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् ।