ईटहरीमा बाढीले बगाउदा रामबहादुरको मृत्यु ,करेन्ट लागेर भानुभक्तको ज्यान गयो

ईटहरीमा बाढीले बगाउदा रामबहादुरको मृत्यु ,करेन्ट लागेर भानुभक्तको ज्यान गयो

बाढीले झापा जलमग्न

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

badhiईटहरी , ७ असार ।
अविरल बर्षापछि स्थानीय टेंग्रा खोलामा आएको बाढीले बगाएर ईटहरीमा एक जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको भीषण बर्षापछि आएको बाढीले बगाएर इटहरी ४ का ६६ बर्षीय रामबहादुर बराइलीको मृत्यु भएको हो ।

बाढीले इटहरीका ६ सयभन्दा बढी घर डुवानमा परेका छन् । यस्तै इटहरी २२ लविपुरका ५० बर्षीय भानुभक्त तिम्सिनाको घरको छतमा जमेको पानी फाल्दा हाइटेन्सन लाइनमा परेपछि करेण्ट लागेर मृत्यु भएको हो ।

सुनसरी लगायत मुलुकका पूर्वी क्षेत्रमा भारी बर्षा भइरहेको छ । इटहरीको साथी पेट्रोलपम्पमा नजिकैको बाँध भत्काएर खोला बस्तीमा पसेको हो ।

पानी नगरक्षेत्रमा प्रबेश गरेपछि इटहरीका अधिकांश क्षेत्रमा डुवानको समस्या देखिएको छ । इटहरीबाट बिराटनगर जाने सडकखण्ड जलमग्न छ । बस्तीमा बाढी पसेपछि टेंग्रा खोलाको बाढी नियन्त्रणका लागि बाँध बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी अविरल बर्षापछि कैलालीको धनगढी पनि डुवानमा परेको छ । कैलाली सदरमुकाम धनगढी बजारमा रहेका सरकारी कार्यालय जलमग्न हुँदा सेवाग्राहीपनि मर्कामा परेका छन् । मनसुन सुरु भएसँगै मुलुकका अधिकांश क्षेत्रमा बर्षा भइरहेको छ ।

यस्तै, अविरल वर्षापछि विभिन्न नदिमा आएको बाढीले झापा जलमग्न भएको छ । लगातारको वर्षापछि नदीहरुमा पानीको वहाव बढ्दा झापाका दर्जनबढी गाबिस जलमग्न बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीको बाढीले भद्रपुरका केही सुकुम्वासी बस्ती र रतुवाको बाढीले लखनपुरका केही बस्ती डुवानमा परेका छन् । कन्काई र बिरिङमा आएको बाढीका कारण झापाको दक्षिणी गाविस प्रभाबित बनेका छन् ।

ती गाविसमा केहि चौपाया समेत बगाएको प्रहरीले जनाएको छ । त्यस्तै कमल, रतुवा, टाङटिङ लगायतका ठूला नदीहरुमा समेत बाढी आएपछि आसपासका गाविस डुवानमा परेका छन् । बाढीवाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी हरिप्रसाद शर्माले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लाका आठ वटै नगरपालिका र दुई दर्जन गाविस बाढीको उच्च जोखिममा रहेको बताएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बाढी जोखिम न्यूनीकरणका लागि धमाधम काम भइरहेको र प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ