तमलोपाको नवलपरासीमा जारी महाधिवेशनमा आज बन्द सत्र सुरु

तमलोपाको नवलपरासीमा जारी महाधिवेशनमा आज बन्द सत्र सुरु

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ७ असार ।  

तराई मधेश लोकतान्त्रिक पार्टीको नवलपरासीमा जारी महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र सुरु हुदैछ । जिल्लाको रामग्रामस्थित आदर्श माविमा केहिबेरपछि सुरु हुने बन्द सत्रमा छुट्टा छ्ट्टै तीन ओटा प्रतिवेदन माथि छलफल हुनेछ ।

वृजेश गुप्ता संयोजक रहेको विधान संशोधन तथा परिमार्जन समितिको प्रतिवेदन, बृशेषचन्द्र लालको नेतृत्वमा बनेको राजनीतिक दस्तावेज तयारी समितिको प्रतिवेदनमाथि आज छलफल हुने सो पार्टीले जनाएको छ ।

यस्तै सर्वेन्द्रनाथ शुक्ल नेतृत्वको नीति तथा कार्यक्रम निर्माण समितिको प्रतिवेदन माथि पनि आजको बन्द सत्रमा छलफल हुने महामन्त्री जितेन्द्र सोनलले जानकारी दिनुभयो ।

भोली सकिने महाधिवेशनमा काठमाडौ उपत्यकाका तीन सहित २५ जिल्लाका प्रतिनिधि तथा चार सय बढी पर्यवेक्षक सहभागी रहेको तमलोपाले जनाएको छ ।

पार्टी स्थापनाको ९ वर्षपछि पहिलो पटक गरेको महाधिवेशनले ५१ सदस्यीय कार्यसमिति रहेको पार्टीको विधान संशोधन गरी ७५ सदस्यीय बनाउने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी